जनकपुर– चुरे क्षेत्रको संरक्षण हुन नसके दक्षिणपूर्वी मधेशको भू–भाग मरुभूमिमा परिणत हुनसक्ने भन्दै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता व्यक्त गरेका छन्।
सेवा निवृत्त कर्मचारी परिषदको १५औं साधारण सभाको जनकपुरधाममा उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले मधेशको भू–भाग मरुभूमि हुनबाट जोगाउन सेवा निवृत कर्मचारीहरुको विशेष अनुभवलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले सो कार्यका लागि निजामती कर्मचारीसँग सहकार्य गरी समय–समयमा सुझाव लेनदेन हुनुपर्ने सुझाए। निवृत कर्मचारीहरुसँग रहेको अनुभव आदान–प्रदान गरी देशको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो।
यस्तै, कार्यक्रममा सांसद शिवचन्द्र चौधरीले वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आफुलाई महशुस हुँदै गइरहेको धारणा राखे।
कार्यक्रममा परिषदका सेवा निवृत कर्मचारीहरुले संगठनको अवस्था हाल अत्यन्तै दयनीय र कमजोर रहेकोले सबल तथा मजबुत बनाउन उपयुक्त सल्लाह दिँदै आ–आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।