काठमाडौं– नेकपा एमालेले सिन्धुपाल्चोको मेलम्ची नगरपालिकामा बहालवाला मेयरसहित आगामी चुनावका लागि ७ जनाको नाम सिफारिस गरेको छ। आइतवार सम्पन्न एमाले नगरकमिटी सचिवालय बैठकले मेयरमा ७ जना र उपमेयरमा ५ जनाको नाम सिफारिस गरेको हो।
मेयरमा सिफारिस हुनेमा बहालवाला मेयर डम्बर अर्याल, हालका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङ, प्रदेश कमिटी सदस्य बालकृष्ण देउजा, मित्रलाल चौलागाई, चिरन तामाङ, रुद्रप्रसाद दुलाल र ज्ञानेन्द्र श्रेष्ठको नाम सिफारिस गरेको छ।
त्यसैगरी उपमेयरमा उमा प्रधान, दुर्गादेवी चालिसे, भबानी, श्रेष्ठ, सुनिता पराजुली, शिबकुमारी सिग्देलको नाम सिफारिस गरेको छ। नगरमा यसअघि एमालेबाट निर्वाचित उपमेयर भगवती नेपाल भने अहिले एकीकृत समाजवादीतर्फ लागेकी छन्।
नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल हुने सम्भावना रहेकाले उपमेयर भने राप्रपाबाट हुने सम्भावनासमेत रहेको एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।