काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन लागू गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र संविधान कार्यान्वयनसम्बन्धि सबै कानुन निर्माण गर्न सरकार केन्द्रित भएको पनि स्पष्ट पारे।
काठमाडौंमा आयोजित सबै प्रदेशसभाका सांसदहरुको कानुन निर्माणसम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको कानुन निर्माणको कामलाई सहज बनाउन सरकारले नमूना कानुन पठाउने काम गरिरहेको पनि स्मरण गराए।
मन्त्री तामाङले कानुन निर्माणको कामलाई अझै प्रभावकारी बनाउन अनुसन्धानको दायरालाई फराकिलो पार्दै लैजानुपर्ने आवश्यकता औंल्याए। उनले प्रदेश र स्थानीय तहको कानुन निर्माणमा सरकारले सक्दो सहजीकरण गरिरहेकोसमेत दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।