काठमाडौं– नेकपा एमालले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उठाउने भएको छ।
आइतबार एमाले उपमहासचिव प्रदीप ज्ञवाली समेतको उपस्थितिमा भएको महानगर कमिटीको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले बताए।
सुवेदी बागमती प्रदेश सभाका सांसद समेत हुन्। २०७४ को प्रदेश सभा निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
अघिल्लोपटक झिनो मतले पराजित भएका पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली भने यस पटक पछि हटेका छन्।
उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवार तय हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले वर्तमान मेयर रेणु दाहाललाई निरन्तरता दिनुपर्ने भन्दै आएको छ भने नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रलाई सहयोग गरेकाले यसपटक आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।