काठमाडौं– नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरुको मापदण्ड निर्धारण गरेको छ।
आइतबार सम्पन्न केन्द्रीय सचिवालयको २०औं बैठकले उम्मेदवार छनोटको मापदण्ड बनाएको हो।
समाजवादीले तयार गरेको मापदण्ड अन्तर्गत पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने भनिएको छ। त्यस्तै, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको हुनुपर्ने उल्लेख छ।
अन्य मापदण्डमा पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने हुनुपर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।