काठमाडौं– सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिका निर्धारण गरेको छ।
केन्द्रीय सचिवालयको २०औं बैठकले यस्तो निर्णय गरेको हो। पार्टी केन्द्रले वडा तह हुँदै आएका सिफारिसलाई आधार मानेर वैशाख ८ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ।
वडा कमिटीले चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ। यस्तै, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ।
त्यस्तै, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ। त्यसपछि केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने समय तालिका निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।