इंग्ल्यान्ड भर्सेस स्विडेन
समय – असार २३ गते, राति ०७:४५ बजे
काठमाडौं– २०१८ विश्वकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा आज राति इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ।
पुराना फुटबल शक्ति इंग्ल्यान्ड र स्विडेनको एउटै लक्ष्य छ, साढे २ दशकपछि अन्तिम चारको यात्रा तय गर्ने। स्विडेन पछिल्लो पटक सन् १९९४ मा विश्वकपको सेमिफाइनलमा पुगेको थियो। इंग्ल्यान्ड पनि १९९४ पछि विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन।
स्विट्जरल्यान्डलाई १–० गोलले हराएर अन्तिम ८ मा पुगेको स्विडेनका लागि इमिल फोर्गबर्गले निर्णायक गोल गरेका थिए। इंग्ल्यान्डले पनि अन्तिम ८ मा पुग्न पेनाल्टी सुटआउटको सहारा लियो। निर्धारित र थप गरिएको समयमा १–१ गोलको बराबरी भएपछि इंग्ल्यान्डले कोलम्बियामाथि ४–३ को जित निकालेको थियो।

स्विडिस टिममा सेबास्टियन लार्सन फर्किनेछन्। यसअघि लार्सनले लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएको कारण स्विट्जरल्यान्डविरुद्धको खेल गुमाएका थिए। लार्सन फर्किएसँगै स्विडेनको रक्षापंक्ति थप बलियो हुनेछ। स्विडेनले रक्षापंक्तिमा जोड दिँदै काउन्टरमा गोल गर्ने रणनीति बनाउनेछ।
यता इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले टिम अघि बढेपनि सफलता हात नपारेको बताए। त्यसलै इंल्यान्ड अन्तिम चार पुग्न सम्पूर्ण शक्ति खर्च योजना छन्। अग्रपंक्ति राम्रो भएकाले इंग्ल्यान्ड आक्रमक रुपमा उत्रनेछ।

सम्भावित टिम
स्विडेन : रोबिन ओल्से,न इमिल क्रफ्थ, भिक्टर लिन्डेलोफ, आन्द्रेस ग्रानक्युभिस्ट, लुडविग अगस्टिनसन, भिक्टर क्लेइस,न सेबास्टियन लार्सन, अल्बिल एक्डाल, इमिल फोर्सवर्ग ,मार्कोस बर्ग, ओला टोइभेनेन
इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केल वाकर, जोन स्टोन्स, ह्यारी म्यागियुर, केइन ट्रेइपियर, डेल अली, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टलिङ, ह्यारी केन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।