बाँके– एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ परेका छन्।
डुडुवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बाँकेका ईन्जिनियर तेजराज खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुत्रबार पक्राउ गरेको हो।
डुडुवा गाउँपालिका हिरमनिया स्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि उनले ठेकदारसँग एक लाख घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका वि.पी. चोकस्थित दङ्गाली के.सी. मःम सेन्टरबाट घुससहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।