काठमाडौं- बिहीबारदेखि जारी राष्ट्रिय जनता पार्टी (राजपा) को राजनीतिक समितिको बैठक आज पनि बस्ने भएको छ। बिहीबारको बैठकमा प्रस्तावित विधानमाथि सदस्यहरूले आफ्ना धारणा राखेका थिए भने शुक्रबार दर्जनभन्दा बढी सदस्यले धारणा राखे।
आगामी बैसाखमा महाधिवेशन गर्ने निर्णय राजनीतिक समितिको अघिल्लो बैठकले गरिसकेको छ। त्यसका लागि बिहीबार नै विधान प्रस्तुत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।