काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई कारबाही हुने प्रष्ट पारेका छन्।
आचारसंहिता घोषणा कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ‘आचारसंहिता उल्लंघन भएमा कानुन अनुसार आयोगले कारबाही गर्छ, कसैलाई छुट हुँदैन,’उनले भने,‘यो कार्यान्वयन हुँदैन कि भनेर कसैले पनि शंका नमाने हुन्छ।’
आयोगले तयार पारेको आचारसंहिता राजपत्रमा प्रकाशित भएपछि सबैसँगको छलफलका क्रममा सकारात्मक रहेको भन्दै कार्यान्वयन गर्ने प्रतिबद्धता गरेर अहिले किन आशंका गरेको भन्दै उनले प्रश्न गरे।
उनले केन्द्रदेखि स्थानीय तहसम्म नै अनुगमनको संरचना बनेको भन्दै आयोगले सुक्ष्मरुपमा अनुगमन गर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि आचारसंहिताको कार्यान्वयन भए नभएको विषयमा निगरानी गरिदिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।