• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीयस्तरमा सत्ता गठबन्धनको आ–आफ्नै ‘ताल’, सबै ठाउँमा देखिएन केन्द्रको जस्तै ‘मेल’ 

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  १२:५७
1140x725

काठमाडौं– सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेले गरेर जाने सैद्धान्तिक सहमति गरेको छ। प्रदेश, जिल्ला र पालिकास्तरका समिति (कमिटीहरु)ले त्यसलाई अंगिकार गर्ने कोसिस गरिरहेका छन्। 

तर, सबै ठाउँमा 'सोलोडोलो' तालमेले हुन नसक्ने प्रारम्भिक संकेत देखिन थालेका छन्।  दलहरुका केही स्थानीय समितिले तालमेल अस्वीकार गरेका छन् भने कतिपय प्रदेश र जिल्लामा कुनै दललाई छुटाइएको छ। 

विराटनगरमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार
नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको महानगर कार्यसमिति बैठक विराटनगर महानगरमा जित्नका लागि कांग्रेसलाई तालमेलको आवश्यकता नरहेको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णयमा पुगेको हो। 

तालमेलको विपक्षमा रहेका कांग्रेस नेता डा शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको उक्त महानगर समितिले एक्लै जित्ने भएकाले भाग दिन अस्वीकार गरेको हो। अन्य स्थानीय पालिकामा पनि कांग्रेसले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताइएको छ। 

गएको निर्वाचनमा कांग्रेसले मोरङमा मेयरसहित ८ वडामा जित हासिल गरेको थियो। कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेपछि सत्ता गठबन्धनका अन्य दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले अर्को गठबन्धन बनाउने तयारी गरेका छन्। कांग्रेसले अस्वीकार गर्दा तीन पार्टी गठबन्धन गरेर चुनावी मैदानमा होमिने भएका हुन्।

लुम्बिनीमा छुट्यो एकीकृत समाजवादी 
स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन गरेर जाने निर्णय गर्ने क्रममा लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी छुटेको छ। सत्ता गठबन्धनका अन्य चार दलले भने मिलेरै चुनाव लड्ने ६ बुँदे सहमति गरेका छन्। 

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक शुदर्शन बराल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रि आलमले  सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

त्यसअघि गुल्मीमा भएको पालिका भागबन्डामा एकीकृत समाजवादीका साथै अन्य दुई दल छुटेका छन्। गुल्मीका १२ पालिकामध्ये ८ मा कांग्रेस र ४ वटामा माओवादी केन्द्रले प्रमुख पाउने आन्तरिक सहमति दुई दलका जिल्लास्तरका नेताहरु बसेर गरिसकेका छन्।

Ncell 2
Ncell 2

कञ्चनपुर १ मा कांग्रेसद्वारा तालमेल अस्वीकार
कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने बताएको छ।
देशभर सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने केन्द्रको निर्णयको विरोध गर्दै सो क्षेत्रमा कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताएका छन्।  

यसअघि बिहीबार सम्पन्न सत्तारूढ गठबन्धनको जिल्लास्तरीय बैठकले भने स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो।

जिल्लाको उक्त निर्णयको विपक्षमा रहँदै क्षेत्रीय सभापति र सचिवले जिल्लाको निर्णय अस्वीकार गर्ने भन्दै विज्ञप्ति निकालेका हुन्। उक्त क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको र गठबन्धन आवश्यक नरहेको उनीहरुको भनाइ छ।  

कपिलवस्तु नगरपालिकामा पनि कांग्रेस एक्लै
नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिले केही दिन अघि  बैठक बसेर उक्त पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्यसमितिका साथै १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने अडान राखेपछि उक्त निर्णय भएको बताइएको छ।

कांग्रेस एक्लैले नगरपालिकाभरि जित हासिल गर्न सक्ने भएकाले अरुलाई भाग नदिने निर्णय गरिएको हो। यो निर्णयपछि अन्य दलका स्थानीय नेताहरुले विरोध जनाइरहेका छन्। 

नुवाकोटमा जसपालाई उपेक्षा
नुवाकोटमा  कांग्रेस, मावादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरे। सत्ता गठबन्धनका दुई घटक  जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई नुवाकोटमा छुटाइएको छ। आफ्नो पार्टीलाई उपेक्षा गरिएको भन्दै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि पोखिसकेका छन्। 

गठबन्धनका दलहरुले वैशाख ३० को निर्वाचनमा एकमत भएर जाने सहमति गर्दा जसपालाई त्यहाँ कुनै जानकारी नगराइएको उनको संकेत छ।

उनी भन्छन्, 'जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं।'

उनले राजनीतिमा सबै कुरा करबलले नभइ स्वेच्छाले हुन्छ भन्ने कुरा नभुल्न सम्झाएका छन्।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित)
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु मंगलबार, पुस २९, २०८२
यस्तो छ विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुन्न निर्वाचन कार्यतालिका : राति ९ बजेदेखि मतदान (कार्यतालिकासहित) मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी मंगलबार, पुस २९, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्