• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीयस्तरमा सत्ता गठबन्धनको आ–आफ्नै ‘ताल’, सबै ठाउँमा देखिएन केन्द्रको जस्तै ‘मेल’ 

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  १२:५७
1140x725

काठमाडौं– सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेले गरेर जाने सैद्धान्तिक सहमति गरेको छ। प्रदेश, जिल्ला र पालिकास्तरका समिति (कमिटीहरु)ले त्यसलाई अंगिकार गर्ने कोसिस गरिरहेका छन्। 

तर, सबै ठाउँमा 'सोलोडोलो' तालमेले हुन नसक्ने प्रारम्भिक संकेत देखिन थालेका छन्।  दलहरुका केही स्थानीय समितिले तालमेल अस्वीकार गरेका छन् भने कतिपय प्रदेश र जिल्लामा कुनै दललाई छुटाइएको छ। 

विराटनगरमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार
नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको महानगर कार्यसमिति बैठक विराटनगर महानगरमा जित्नका लागि कांग्रेसलाई तालमेलको आवश्यकता नरहेको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णयमा पुगेको हो। 

तालमेलको विपक्षमा रहेका कांग्रेस नेता डा शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको उक्त महानगर समितिले एक्लै जित्ने भएकाले भाग दिन अस्वीकार गरेको हो। अन्य स्थानीय पालिकामा पनि कांग्रेसले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताइएको छ। 

गएको निर्वाचनमा कांग्रेसले मोरङमा मेयरसहित ८ वडामा जित हासिल गरेको थियो। कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेपछि सत्ता गठबन्धनका अन्य दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले अर्को गठबन्धन बनाउने तयारी गरेका छन्। कांग्रेसले अस्वीकार गर्दा तीन पार्टी गठबन्धन गरेर चुनावी मैदानमा होमिने भएका हुन्।

लुम्बिनीमा छुट्यो एकीकृत समाजवादी 
स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन गरेर जाने निर्णय गर्ने क्रममा लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी छुटेको छ। सत्ता गठबन्धनका अन्य चार दलले भने मिलेरै चुनाव लड्ने ६ बुँदे सहमति गरेका छन्। 

लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक शुदर्शन बराल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रि आलमले  सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

त्यसअघि गुल्मीमा भएको पालिका भागबन्डामा एकीकृत समाजवादीका साथै अन्य दुई दल छुटेका छन्। गुल्मीका १२ पालिकामध्ये ८ मा कांग्रेस र ४ वटामा माओवादी केन्द्रले प्रमुख पाउने आन्तरिक सहमति दुई दलका जिल्लास्तरका नेताहरु बसेर गरिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कञ्चनपुर १ मा कांग्रेसद्वारा तालमेल अस्वीकार
कञ्चनपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने बताएको छ।
देशभर सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने केन्द्रको निर्णयको विरोध गर्दै सो क्षेत्रमा कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले बताएका छन्।  

यसअघि बिहीबार सम्पन्न सत्तारूढ गठबन्धनको जिल्लास्तरीय बैठकले भने स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो।

जिल्लाको उक्त निर्णयको विपक्षमा रहँदै क्षेत्रीय सभापति र सचिवले जिल्लाको निर्णय अस्वीकार गर्ने भन्दै विज्ञप्ति निकालेका हुन्। उक्त क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको र गठबन्धन आवश्यक नरहेको उनीहरुको भनाइ छ।  

कपिलवस्तु नगरपालिकामा पनि कांग्रेस एक्लै
नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिले केही दिन अघि  बैठक बसेर उक्त पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्यसमितिका साथै १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने अडान राखेपछि उक्त निर्णय भएको बताइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेस एक्लैले नगरपालिकाभरि जित हासिल गर्न सक्ने भएकाले अरुलाई भाग नदिने निर्णय गरिएको हो। यो निर्णयपछि अन्य दलका स्थानीय नेताहरुले विरोध जनाइरहेका छन्। 

नुवाकोटमा जसपालाई उपेक्षा
नुवाकोटमा  कांग्रेस, मावादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरे। सत्ता गठबन्धनका दुई घटक  जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालाई नुवाकोटमा छुटाइएको छ। आफ्नो पार्टीलाई उपेक्षा गरिएको भन्दै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि पोखिसकेका छन्। 

गठबन्धनका दलहरुले वैशाख ३० को निर्वाचनमा एकमत भएर जाने सहमति गर्दा जसपालाई त्यहाँ कुनै जानकारी नगराइएको उनको संकेत छ।

उनी भन्छन्, 'जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा, अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गरौं। कुनै छलछाम नगरौं।'

उनले राजनीतिमा सबै कुरा करबलले नभइ स्वेच्छाले हुन्छ भन्ने कुरा नभुल्न सम्झाएका छन्।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्