विराटनगर- नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ।
विराटनगर महानगरमा जित्नका लागि कांग्रेसलाई तालमेलको आवश्यकता नरहेको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णयमा पुगेको हो।
तालमेलको विपक्षमा रहेका कांग्रेस नेता शेखर कोइरालाको प्रभाव क्षेत्र रहेको उक्त महानगर समितिले एक्लै जित्ने भएकाले भाग दिन अस्वीकार गरेको हो।अन्य स्थानीय पालिकामा पनि कांग्रेसले एक्लै चुनाव लड्ने तयारी गरिरहेको बताइएको छ।
गएको निर्वाचनमा कांग्रेसले मेयरसहित आठ वडामा जित हासिल गरेको थियो। कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेपछि सत्ता गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले अर्को गठबन्धन बनाउने तयारी गरेका छन्।
कांग्रेसले अस्वीकार गर्दा तीन पार्टी गठबन्धन गरेर चुनावी मैदानमा होमिने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।