फाइल तस्बिर।
काठमाडौं– सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
शुक्रबार बालुबाटारमा बसेको गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।
'आजको बैठकमा अनौपचारिक छलफल मात्रै भयो', उनले भने, 'रामचन्द्रजी (रामचन्द्र पौडेल)को नेतृत्वमा बनेको समितिले निर्वाचनका सन्दर्भमा संयुक्त विज्ञप्ति जारी गर्ने कुरा भएको छ।´
बैठकमा चुनावी तालमेलबारे सैद्धान्तिक छलफल भएको उनले बताए। पौडेल नेतृत्वको समितिको केही दिन अगाडि बसेको बैठकले चैत २६ गतेभित्र देशभरीको अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गरिसक्न निर्देशन दिएको थियो।
जिल्ला बाट रिपोर्टिङ आएपछि पुनः २७ गते बस्ने बैठकले थप निर्णय गर्नेछ। तालमेल गर्ने निर्णय भएपनि अहिलेसम्म कुन मोडालिटीमा जाने भन्ने टुंगो लागिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।