सिड्नी- अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोराछोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्।
सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एक जनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिनापछि भएको प्रहरीले थप जानकारी दिएको छ।
सिड्नीमा अवस्थित एक घरमा छिमेकीले गत गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ एक १५ वर्षीय किशोर १३ बर्षीया किशोरीको शव फेला परेको थियो।
ती किशोरकिशोरका पिता जोन इदबर्डस् नामक ती व्यक्तिको शव भने शुक्रबार घटनास्थलदेखि नजिकै फेला परेको थियो।
इदबर्डस्को शव फेला परेको स्थानमा दुई वटा शक्तिशाली बन्दुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीकाअनुसार ती पिताको आफ्ना छोराछोरीलाई मार्ने र आफूले पनि आत्महत्या गर्ने योजना बनाएका थिए। उनले ‘लाइसेन्स’ प्राप्त बन्दुक प्रयोग गरेका थिए।
ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।