काठमाडौँ- काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बा १७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी, सहचालक अनिष दोङ र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको हो।
प्रहरीले गाडीमा १७० वटा मरेको ब्रोइलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ।
प्रहरीको अनुसन्धानबाट निजहरुले उक्त कुखुरा हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ। मरेका ती कुखुराको तौल ३२५ किलो रहेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।