दमौली, तनहुँ- तनहुँको ब्यास नगरपालिका–१४ स्थित सुडेको पुल नजिकैबाट सेती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
नदीले बगाएर बेपत्ता हुनेमा म्याग्दे गाउँपालिका–४ का २५ वर्षीय सुशील शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। भतिजसँग पौडी खेल्न गएका शाहीलाई नदीले बगाएको हो। उनको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।