काठमाडौं- कर्णालीको सुर्खेतमा पनि सत्तारुढ पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सुर्खेतका ९ वटै पालिका र जिल्ला समन्वय समितिमा समेत गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरेका हुन्।
पाँदबुँदै निर्णय गर्दै विज्ञप्तिमा नौवटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गरी जाने निर्णय गरेको जानकारी दिएका छन्।
निर्वाचनका लागि सबै दलका तर्फबाट दुई-दुई जनाको प्रतिनिधित्व हुनेगरी १० जनाको संयन्त्र बनाउने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।