काठमाडौं- दुई पटकको विश्वविजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको ४० मिनेटमा डिबक्स बाहिरबाट एन्टोनी ग्रिजम्यानले हानेको फ्रिकिकमा डिफेन्डर राफायल भारानले हेडमार्फत उत्कृष्ट गोल गर्दा फ्रान्सले अग्रता लियो।
६१ मिनेटमा ग्रिजम्यानले डिबक्सबाट हानेको सशक्त फ्रिकिक प्रहार उरुग्वेका गोलकिपर मुस्लेरको हातबाट फुस्किएर जाली चुमेको थियो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।