काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्सले अन्तिम ४ मा स्थान पक्का गरेको हो। सन् १९९८ को विश्वविजेता फ्रान्स छैटौं पटक विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो।
यता बेल्जिमयले ३२ वर्षपछि सेमिफाइनलमा स्थान पक्का गरेको छ। बेल्जियमले शनिबार विहान सम्पन्न खेलमा ब्राजिललाई २-१ ले हराउँदै फ्रान्ससँग भेट पक्का गरेको हो।
अब दुई टिमबीच मंगलबार राति प्रतिस्पर्धा हुनेछ।
यता शनिबार क्वार्टरफाइनलमा रसिया क्रोएसिया तथा इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।