काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त गरेको ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको छ।
आयोगले जारी गरेको सूचना अनुसार उनीहरुलाई बुधबारदेखि नै हटाइएको आयोगले जनाएको छ।
उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ। नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ।
यस्तो छ सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।