काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीहरुले पनि मुलुकको विकास र सुशासनको महाअभियानमा इमानदारिताका साथ सहयोग गर्ने विश्वास पनि व्यक्त गरे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र सुशासनको बाटोमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले मुलुकको विकास र सुशासन नै सरकारको मुख्य लक्ष्य भएको पनि उल्लेख गरे।
पाँच वर्ष भित्र मुलुकले विकासको बाटो लिने प्रधानमन्त्री ओलीको दावी छ।
प्रधानमन्त्री ओलीले तराईमा देखिएको डुबानको समस्या समाधान गर्न सरकार लागि परेको पनि जिकिर गरे। उनले नेपालमा डुबान हुन नदिन भारत सरकारले इमानदारपूर्वक प्रयास गरिरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।