विराटनगर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
वरिष्ठ नेता नेपालले मुलुकलाई अस्तव्यस्त बनाउने खालका गतिविधिमा कांग्रेस अग्रसर भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकमा विद्यमान गरिबी, अभाव र पछौटेपन हटाउने काममा सरकारसँग मिलेर अघि बढ्न पनि कांग्रेसलाई सुझाव दिए।
नेता नेपालले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिए। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ बोल्दै उनले कांग्रेसले सरकारलाई कामै गर्न नदिने खालका गतिविधि गरिरहेको आरोप पनि लगाए।
नेता नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग रहस्यमय रहेको टिप्पणी गरे। मनमोहन अधिकारी नामको अस्पताल रहन नदिने र विपी कोइराला नामको अस्पताल हुनैपर्ने वरिष्ठ चिकित्सक केसीले माग गर्नुको कारण के हो भनि प्रश्न पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।