काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनका लागि गुल्मीमा भागबन्डा टुंग्याएका छन्। बुधबार सदरमुकाम तम्घासमा बसेको गठबन्धनको बैठकले भागबन्डा टुंगो लगाएको हो।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएर आवश्यक भागबन्डाको 'मोटामोटी' टुंगो लागेको बताए। १२ स्थानीय तह रहेको गुल्मीमा नेपाली कांग्रेसले ८ र नेकपा माओवादी केन्द्रले ४ वटा लिने सहमति भएको छ।
नेपाली कांग्रेसको भागमा परेका ८ मध्ये १ स्थानीय तहको नेतृत्व भने नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ। यद्यपि कुन–कुन स्थानीय तह कसले पाउने भन्ने अझै छलफलकै क्रममा रहेको छ। गुल्मीमा २ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।