काठमाडौं– प्रतिनिधिसभा बैठकलाई व्यवस्थित बनाउने गरी एजेन्डा तय गर्न छुट्टै समिति बनाउने प्रस्ताव गरिएको छ।
प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको शुक्रबार बसेको पहिलो बैठकमा प्रतिनिधिसभा बैठकलाई व्यवस्थित बनाउने गरी एजेन्डा तय गर्न छुट्टै समिति बनाउने प्रस्ताव पेश गरिएको हो। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले शुन्य समय र विशेष समयलाई व्यवस्थित बनाउने विषयमा पनि छलफल गरिएको समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।
शुन्य समयमा बोल्दा एक मिनेट पर्याप्त नभएको सांसदहरुले गुनासो गरिरहेका बेला प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले त्यसको समय थप गर्नेगरी छलफल अघि बढाएको हो। समितिका सदस्य बडुले विशेष समयमा विशेष कुरा मात्रै राख्न पाउने व्यवस्था पनि गर्न लागिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।