काठमाडौं– नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ४ हजार ८०७ नमूनाको परीक्षण हुँदा बुधबार १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ३ हजार ३५८ जनाको पीसीआर र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
पीसीआर परीक्षणबाट १० जना र एन्टिजेन परीक्षणबाट ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिउको छ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ७६५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।