• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

धैर्य तोड्नेतर्फ सरकार अघि नबढोस्

64x64
नेपाल लाइभ शुक्रबार, असार २२, २०७५  १५:३०
1140x725

काठमाडौं- सरकार गठन भएपछि आक्रामक रुपमा सुरु गरिएका र लोकप्रियता पनि पाएका कामहरु सुस्ताएका छन्। सुन तस्करी प्रकरण, यातायात सिन्डिकेट खारेज, काम नगर्ने ठेकेदारलार्इ कारबाही, एनजिओ/आइएनजिओमाथि छानबिन, वैदेशिक रोजगारीका सिन्डिकेटमाथि कारबाही लगायतका काममा हात हालेर सरकारले लोकप्रियता कमाएको थियो। तर, ती काम विस्तारै सुस्ताउन थालेका छन्। मन्त्री-मन्त्रीबीचको टकराव र स्वार्थ समूहहरुको चलखेलले राम्रा अभियान ओझेलमा परेका छन्। 

सरकारले प्रदेशहरुलार्इ संविधान बमोजिम कानुन, जनशक्ति र बजेट लगायतका श्रोत-साधनले अधिकार सम्पन्न बनाउनुपर्नेमा, त्यो हुन सकेको छैन। संघीय संसद्‌ले बनाएर दिनुपर्ने कानुन दिन सकेको छैन। कर्मचारी सम्पूर्ण रुपमा खटाउन सकेको छैन। सुरक्षा निकायको संरचना बनाउन सकेको छैन। यी नगरी नहुने काममा पनि सुस्तता छ। 

पटक-पटकको आन्दोलन र अनशनपछि चिकित्शा शिक्षा क्षेत्रका विकृति र विसंगति हटार्इ सुधार गर्न चिकित्सा शिक्षा विधेयक तत्काल जारी हुनुपर्नेमा त्यो पनि अड्किएको छ। उल्टै १४ पटकसम्म अनसन बसेर डा गोविन्द केसीले स्थापित गरेका मागहरु ओझेलमा पार्न खोजिएको छ। जसका कारण डा केसी जुम्ला पुगेर १५औं अनसन बसिरहेका छन्। यतिसम्म कि, डा केसीलाई अनसन बस्नै नदिनेसम्मका हर्कतमा सरकार ओर्लियो र डा केसीमाथि धरपकड नै गर्‍यो। 

संसद्‌भित्रको बहुमतको दम्भमा सीमित स्वार्थ समूहलार्इ मात्र हित हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजिएको छ। संसद् सचिवालयमा डा केसीका माग विपरीत हुनेगरी विधेयक दर्ता भएको छ। त्यसको विरोध गर्नेलार्इ मुख थुन्न सरकार निषेधाज्ञा जारी गर्दै हिँड्न थालेको छ। प्रश्न सोध्न पाइएन र विरोध गर्न पाइएन भनेर पटक-पटक आन्दोलन गरेका नेपाली जनता फेरि त्यही सवाललार्इ लिएर आन्दोलनको चक्रमा आइपुग्दैछन्।

महँगी, भ्रष्टाचार, कमिसनखोरी, तस्करी, सिन्डिकेट जस्ता जनमारा विषयमा हुँकार मात्र गरेर 'रिजल्ट' आउँदैन भन्ने त अहिले सुस्ताउँदै गएका मन्त्रीहरुले बुझिसकेको हुनुपर्छ।

संवैधानिक निकायहरुले पूर्णता पाएका छैनन्। सरकारको काम-कारबाहीलार्इ खबरदारी गर्ने हैसियत राख्ने संसदीय समितिहरु निर्माण हुन सकेका छैनन्। त्यसतर्फ गम्भीर हुनुपर्ने सरकार यो वा त्यो बहान बनाएर पन्छिरहेको छ। महँगी नियन्त्रण हुन सकेको छैन। बाढी-पहिरोले थप जनधनको क्षति भइरहेको छ। त्यतातर्फ लाग्नुपर्ने सरकार डा केसीलार्इ अधिनायकवादी देखेर तर्सिरहेको छ। सरकारले विगतमा गरेका सहमति र सम्झौता जस्ताको तस्तै पालना गर भनेर माग गर्ने र त्यो नमान्दा विरुद्धमा अनसन बस्ने व्यक्तिलार्इ अधिनायकवादी देख्ने सरकारको लोकतन्त्रप्रतिको निष्ठामा नागरिक समाज र प्रतिपक्षी प्रश्न गरिरहेका छन्। 

आक्रामक रुपमा सुरु गरिएका कामहरुमा सुरुमै 'पाता फर्काउँछु' भन्दै र स्टन्टका रुपमा सडक-सडकमा मन्त्री दौडँदै हिँडेर प्रचारमुखी भएपछि स्वार्थी समूहहरुले मन्त्रीहरुलार्इ घेराबन्दीमा पारे र सबै काम सुस्ताउन थाल्यो। विकृति विसंगतिलार्इ हटाउन 'पाता फर्काउँछु' भन्दै भाषण गरेर मात्र हुँदैन। अनुगमन, नियन्त्रण र कारबाही गर्ने जिम्मेवार सरकारी निकाय र पदाधिकारीले किन काम गरेनन् वा किन नतिजा दिन सकेनन् भनेर सोधीखोजी नगर्ने हो भने कुनै परिणाम हात लाग्न सक्दैन।

सरोकारवालासँग परामर्श गरी सरकारी संयन्त्रहरुलार्इ परिणाममुखी र क्रियाशील बनाउन जरुरी छ। यदि, उनीहरु पदीय जिम्मेवारी पूरा गर्दैनन् भने उनीहरुमाथि नै कानुनी कारबाही गर्न जरुरी छ। सरकारी संयन्त्रलार्इ यदि कसैले पद, पैसा र शक्तिका भरमा प्रभावमा पार्छन् भने उनीहरुलार्इ पनि कारबाही गर्न जरुरी छ। यो कामका लागि बाहिर भाषण होइन आफैंभित्र र आफ्नै सरकारी संयन्त्रभित्र मन्त्रीहरुले नियाल्नुपर्छ। यदि मन्त्री, राजनीतिक नेता तथा कर्मचारी स्वार्थ समूहहरुको प्रभावमा नपर्ने हो भने कसैले पनि गलत काम गर्न सक्दैनन्। त्यसकारण आफैंभित्र र आफ्नो संयन्त्रभित्रको शुद्धताले मात्र यो सम्भव छ। नकारात्मक होइन सकारात्मक पहलले र स्टन्टले होइन सिस्टम बसालेर मात्र सरकार जन-जनमा लोकप्रिय हुनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

'विगतका सरकारले के गरेको थियो?' भन्दै प्रतिपक्षीलाई ओठे जवाफ फर्काएर जिम्मेवारी पूरा हुँदैन।

महँगी, भ्रष्टाचार, कमिसनखोरी, तस्करी, सिन्डिकेट जस्ता जनमारा विषयमा हुँकार मात्र गरेर 'रिजल्ट' आउँदैन भन्ने त अहिले सुस्ताउँदै गएका मन्त्रीहरुले बुझिसकेको हुनुपर्छ। त्यही काम अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी पाएको मन्त्रालय र त्यस मातहतका निकायले नगरिदिँदा नै हो प्रायः सरकारहरु असफल भएका। यसलार्इ स्थिर भनिएको सरकारका मन्त्रीहरुले मनन गर्न ढिला गर्नु हुँदैन। 

विगतको सरकार सञ्चालन पद्दति, नियुक्ति, सरुवा, बढुवामा राजनीतिक रङ लागेकाले समस्या भएको सर्वविदितै छ। अस्थिर राजनीति र अस्थिर सरकारको कुचक्रका कारण भित्रिएका यस्ता रोग र गलत प्रवृत्तिलार्इ बलियो र स्थिर सरकारले चिरफार गरेर फाल्न सक्ने हिम्मत पनि देखाउनुपर्छ। 'विगतका सरकारले के गरेको थियो?' भन्दै प्रतिपक्षीलाई ओठे जवाफ फर्काएर जिम्मेवारी पूरा हुँदैन। प्रतिपक्षीप्रति औंला ठड्याउँदै गर्दा सरकारी संयन्त्रभित्रको दलीयकरण र नियुक्तिको भागवण्डा अन्त्य गर्न नै जनताले हामीलार्इ मत दिएको हो भनेर सरकारले बुझ्नुपर्छ। विगतको सरकार सञ्चालन पद्दति चटक्कै छाडेर संविधान, कानुन र जनअपेक्षा अनुसारको विधिको शासन सञ्चालनतर्फ यो सरकार अघि बढ्नुपर्छ।

गृहमन्त्री सदनमा प्रश्न गर्छन्, 'अहिले विद्रोह गर्न आवश्यक छ? के यो सरकार दलालहरुको, राष्ट्रघातीहरुको हो?' तर सरकार व्यवहारमा भने विगतका सम्झौता लत्याउँदै स्वार्थ समूहहरुलार्इ फाइदा पुग्नेगरी कानुन निर्माण गर्ने प्रपञ्च रच्छ। निहत्था सत्याग्रही डा केसीमाथि धरपकड गर्छ। शान्तिपूर्ण रुपमा भेला भएका नागरिकलार्इ निषेधाज्ञाको बलमा पक्राउ गर्छ। सरकारका काम कारबाहीबारे प्रश्न गर्ने सबैलार्इ अधिनायकवादी देख्छ। यसले जनजनमा शंका जन्माएको छ। संसदभित्र तीन चौथार्इ मत भएको सरकार जनताको मनभित्र अल्पमतमा पर्न थालेको त होइन?

स्थिर सरकारसँगै देशमा सुशासन कायम हुन्छ, विकासले गति लिन्छ, समृद्धि हासिल हुन्छ भन्दै नेताहरुले नै देखाएको सपनामा विश्वास गरेर बसेका जनताको धैर्य तोड्नेतर्फ यो सरकार अघि नबढोस्।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
जलेर मृत्यु भएका चालकको पहिचान खुल्यो, लाइसेन्स भने अर्कैको मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्