पोखरा– मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। आज दिउँसो सडक निर्माण गर्ने मजदुर चढेको बा२क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा मृत्यु हुने सबै १९ जनाको सनाखत भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।
प्रजिअ पौडेलका अनुसार बेनी(जोमसोम(कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेस्थित सराङमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिप्पर सडकबाट करिब ५० मिटर तल खस्दा ६ महिला र १३ जना पुरुषको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।
मृतकहरुको नामावलीः
१) ३० वर्षीया बाल कुमारी घर्ति, दाङ
२) २८ वर्षीय सुकमान राना, रोल्पा
३) २५ वर्षीय कमल बुढा, दाङ
४) २३ वर्षीय सुजन घलान, धादिङ
५) २० वर्षीय जीवन माझी, ओखलढुंगा
६) २२ वर्षीया बिन्ती घर्ति, कैलाली
७) १९ वर्षीय महेश रोका, रोल्पा
८) ३५ वर्षीय कमलसिङ रोका, कपिलवस्तु
९) ३१ वर्षीया कविता घर्ति मगर, दाङ
१०) ३३ वर्षीय राम कुमार पुन मगर, रोल्पा
११) ३५ वर्षीय सुवेर चौधरी, दाङ
१२) ४३ वर्षीया शान्ति थापा, दाङ
१३) ३२ वर्षीय सोन्तो घर्ति मगर, रोल्पा
१४) २४ वर्षीय कृष्ण क्षेत्री, स्याङ्जा
१५) २० वर्षीया सिर्जना मगर, रोल्पा
१६) ३१ वर्षीया जित माया घर्ती, रोल्पा
१७) २३ वर्षीय राष्टे रोका, रोल्पा
१८) ३६ वर्षीय मौसम घर्ती रोल्पा
१९) ३३ वर्षीया जित कुमारी पुन, रोल्पा
२ बजे खाना खाएर काममा फर्किने क्रममा कामदारहरु सवार टिप्पर दुर्घटनामा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।