काठमाडौं– आउँदो स्थानीय तह निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएका छन्।
मंगलबार आयोगले गरेको छलफल कार्यक्रममा सहभागी उनीहरूले निर्वाचन आचारसंहितामा प्रतिबद्धता जनाएका हुन्।
वैशाख ३० गते शुक्रबार सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि आयोगले राजनीतिक दलहरुलाई ६० बुँदे आचारसंहितासहित आवश्यक निर्देशन समेत दिएको जनाएको छ।
तर, आयोगको छलफल कार्यक्रममा तनाबको स्थिति सिर्जना भएपछि प्रमुख प्रतिपक्ष एमालेलगायतका दलहरू भने प्रतिबद्धतामा हस्ताक्षर नै नगरी बाहिरिएका थिए। उनीहरूले आफूहरू निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्ध रहेको तर आयोगले कार्यक्रमा आफ्ना कुरा नसुनेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।