• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

घोषणापत्र लेखनमा सक्रिय हुँदै एमाले र कांग्रेस, माओवादी र एकीकृत समाजवादीको छैन तयारी

64x64
नेपाल लाइभ मंगलबार, चैत २२, २०७८  २१:५०
1140x725

काठमाडौं– सोमबार प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कार्यालय पुग्दा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल घोषणापत्र तयार गर्ने काममा व्यस्त थिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने अजेण्डा छनोट गर्ने चटारो थियो दुवै नेतालाई।  

पार्टीको स्कूल विभाग प्रमुख समेत रहेका ज्ञवालीले आफूहरु स्थानीय तह निर्वाचनका लागि देशदौडाहा सँगै घोषणापत्र निर्माणमा पनि केन्द्रित रहेको बताए।   

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले केन्द्रबाट 'प्रमुख' घोषणापत्र जारी गर्ने तयारी गरेका छन्। स्थानीय तहका सरोकार र मुद्दाहरु समेटेर उम्मेदवारले पनि छुट्टै घोषणापत्र बनाउनेछन्। नेकपा एमालेको घोषणापत्र लेखनमा सक्रिय एक नेताका अनुसार पार्टी केन्द्रले बनाउने घोषणापत्रमा नीतिगत विषय बढी हुनेछन्।

संघीय संसद्‌को सबैभन्दा ठूलो तथा २०७४ को निर्वाचनमा सबैभन्दा बढी स्थानीय तह जितेको दल एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र लेख्न चैत १० गते ११ सदस्यीय समिति गठन गरेको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिमा अन्य १० जना सदस्यहरु छन्।   

नेकपा एमालेले चैत मसान्तभित्र घोषणापत्रको अन्तिम मस्यौदा पार्टीको केन्द्रीय सचिवालयमा पेस गर्न भनेको छ। 

यस्तै, सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले सोमबार मात्रै २८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिमा महिला, जनजाती, स्थानीय तहका प्रतिनिधि, विज्ञसहितलाई समावेश गरिएको छ। 

नेकपा एमालेको घोषापत्र मस्यौदा समितिमा १ जना मात्रै महिला प्रभा बराल सदस्य छिन्। उनी राप्ती नगरपालिका प्रमुख समेत हुन्। 

कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा भने ७ जना महिला अटाएका छन्। आरजु राणा देउवा, कान्तिका सेजुवाल, हरिप्रभा खड्गी, उमा थापा मगर, इन्द्रा अधिकारी, ममता महतो र शिलशिला आचार्य समिति सदस्यका रुपमा समेटिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले घोषणापत्र मस्यौदा समितिमा देशभरका ९ वटा नगरपालिका प्रमुख/उपप्रमुखलाई समेटेको छ। उक्त समितिमा काठमाडौं महानगरपालिको उपमेयरदेखि  पटेर्वा सुगौली गाउँपालिकाको उपाध्यक्षसम्म समेटिएका छन्।

माओवादी र एकीकृत समाजवादीको छैन तयारी
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ७९ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। जसमध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी मात्रै राष्ट्रिय दलको मान्यता प्राप्त दल हुन्। 

प्रमुख दुई पार्टी एमाले र कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेख्न तयारी सुरु गरिसके पनि अरु प्रमुख दलहरुले भने घोषणापत्र समिति समेत बनाएका छैनन्। सत्तारुढ गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले घोषणापत्र लेख्न छलफल समेत चलाएका छैनन्।

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीका लागि आगामी स्थानीय तहको निर्वाचन पहिलो निर्वाचन हो। नेकपा एमालेको नेतृत्व सम्हालिसकेका माधव कुमार नेपाल अध्यक्ष रहेको उक्त पार्टीले स्थानीय तहको निर्वाचनका लागि के–कस्ता अजेण्डा तय गर्छ भन्ने विषयमा सबैको चासो छ। तर, पार्टीले स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्म कुनै ठोस अजेण्डा तय गरिसकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संविधानअनुसार संघीयता कार्यान्वयन भएर देशमा पहिलोपटक स्थानीय तहको निर्वाचन हुँदा नेकपा माओवादी केन्द्रको सरकार थियो। २०७४ वैशाखमा पहिलो चरणको निर्वाचन हुँदा माओवादी केन्द्रले 'गाउँगाउँमा सिंहदरबार'लाई आफूहरुको प्रमुख अजेण्डा बताउने गर्थ्यो। अहिले संघीय संसद्‌मा तेस्रो पार्टीको हैसियतामा रहेको उक्त दलले स्थानीय तहका लागि ठोस अजेण्डा तय गर्न सकेको छैन।

स्थानीय तहको निर्वाचनका लागि माओवादीले अहिले 'गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्रलाई विजय गराऔँ' अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा माओवादीका केही नेताहरुले 'व्यवस्था बदल्यौं, अब अवस्था बदल्न माओवादीलाई भोट' भन्ने नारा अगाडि सारेका छन्। तर, पार्टीले आधिकारिक धारणा तय गरिनसकेकाले मतदातामाझ जाँदा कस्ता अजेण्डा लिएर जाने भन्नेमा नेता/कार्यकर्ता अन्यौलमा छन्। 

निर्वाचन आयोगले आगामी वैशाख ३० गते ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्दै छ। स्थानीय तहले 'स्थानीय सरकार'को रुपमा संवैधानिक अधिकार पाएपछिको यो दोस्रो निर्वाचन हो। 

यसअघि २०७४ सालमा तीन चरणमा गरी स्थानीय तहको निर्वाचन भएको थियो। २०७२ सालमा नयाँ संविधान जारी भएपछि तीन तहका सरकारको परिकल्पना गरिएको छ। संघ, प्रदेश र स्थानीय सरकारको रुपमा संघीयताको अभ्यास भइरहेको छ। आम नागरिकको घरदैलोको सरकार भनिने स्थानीय तहको नेतृत्व चयन गर्ने हुने निर्वाचनमा आम नागरिकको पनि चासो र प्रत्यक्ष सरोकार जोडिने गर्छ। 

नेकपा एमालेको घोषणापत्र मस्यौदा समिति:
ईश्वर पोखरेल, संयोजक (वरिष्ठ उपाध्यक्ष) 
सदस्यहरु:  
युवराज ज्ञवाली, उपाध्यक्ष 
प्रदीप ज्ञवाली, उपमहासचिव तथा स्कूल विभाग प्रमुख
विष्णु रिमाल, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख, 
देवेन्द्र दाहाल, पोलिटब्यूरो सदस्य तथा स्थानीय विकास विभाग प्रमुख 
प्रभु साह, पार्टी मधेस प्रदेश सह–इञ्चार्ज
मजुञ्जन थापा, बुद्धिजीवी परिषद् इञ्चार्ज 
युवराज खतिवडा, नीति अनुसन्धान प्रतिष्ठान सदस्य 
प्रभा बराल, स्थानीय विकास विभाग उपप्रमुख
दिनेशचन्द्र देवकोटा, नेपाल बुद्धिजीवी परिषद् अध्यक्ष 
सुशील ज्ञवाली, इञ्जिनियर

नेपाली काग्रेसको घोषणापत्र मस्यौदा समिति: 
गगन थापा, (संयोजक) महामन्त्री 
सदस्यहरु:
१. डा. आरजु राणा देउवा
२. मधु आचार्य
३. प्रा. डा. गोविन्दराज पोखरेल
४. अजयवावु शिवाकोटी
५. नृपबहादुर वड
६. कान्तिका सैजुवाल
७. गुरुराज घिमिरे
८. किरण गिरी
९. हरिप्रभा खड्गी
१०. भीम ढुंगाना
११. दिलिपप्रताप खाँण
१२. वंशलाल तामाङ
१३. विजय शंकर यादव
१४. उमा थापा मगर
१५. भुपेन्द्र राई
१६. ममता महतो
१७. डा. जुगल भुर्तेल
१८. गेजा शर्मा वाग्ले
१९. जगदीश भट्टराई
२०. प्रताप पौडेल
२१. शंकर तिवारी
२२. पुरुषोत्तम नेपाल
२३. डा. इन्द्रा अधिकारी
२४. डा. अभिमन्यु सिंह
२५. डा. वुद्धिमान श्रेष्ठ
२६. मनिष झा
२७. जिमी लामा
२८. शिलशिला आचार्य

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्