फाइल तस्बिर।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता छिट्टै कार्यान्वयन गरिने बताएका छन्।
स्थानीय निर्वाचनमा भाग लिने दलहरूसँग मंगलबार आयोगमा भएको छलफलमा उनले सबैको सल्लाह, सुझाव अनुरुप आचारसंहितालाई अन्तिम रुप दिइएको भन्दै छिट्टै कार्यान्वयन गर्ने बताएका हुन्।
उनले करिब २ वर्षदेखि विभिन्न मञ्चमा छलफल गरेर, राजीतिक दलसँग परामर्श गरेर, विभिन्न संघ, संस्था र निकायबाट सुझाव लिएर आचारसंहिता बनाएको बताए।
‘मूलतः आयोगले तयार गरेको आचारसंहिता निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुको प्रतिवद्धता लिने सन्दर्भमा यो बैठक बोलाइएको हो’, थपलियाले भने।
उनले आचारसंहिता कार्यान्वयनका लागि सबै स्थानीय तहमा आवश्यक संरचनागत संयन्त्र बनाएको जानकारी दिए। त्यो व्यवस्था अनुसार अनुगमन संयन्त्र बनाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।