काठमाडौं–स्थानीय तह निर्वाचनको आचारसंहिताका विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल सुरु भएको छ।
मंगलबार आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गरेको हो।
छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ।
छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।