काठमाडौं– सत्ता गठबन्धनका तीन घटकले अछाम जिल्लामा गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन्।
तीनै दलका जिल्ला प्रमुखहरुले १० वटा पालिका र ९१ वटामा वडामै गठबन्धन गरेर जाने सहमति गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले यस्तो सहमति गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।