काठमाडौं - वैदेशिक रोजगारीबाट फर्कने कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। गोरखा भिरकोटका कृष्ण भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट एक सय १५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। लुकाएर ल्याएको २ वटा सुनका चुरा प्रहरीले बरामद गरेको हो। विमानस्थलको गोल्डेन गेट अगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका भट्टलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।