काठमाडौं -बेश्यावृत्ति हुने गरेको सूचनाका आधारमा प्रहरीले गौशाला, मित्रपार्क, चाबहिल क्षेत्रमा होटल तथा रेस्टुरेन्टमा छापा हानेको छ। अनैतिक क्रियाकलापमा संलग्न आरोपमा ३ वटा होटलबाट प्रहरीले ६ जना युवतीलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त गौशालाले तीन होटलमा छापा हानेको हो। बत्तिसपुतलीस्थित न्यू जनकपुर रेस्टुरेन्टबाट धनुषाकी रञ्जु कुमारी साहलाई पक्राउ गरेको छ।
त्यस्तै मित्रपार्कस्थित विजय खाजाघरबा दोलखाकी सुनिता भुजेल र ऋतु तामाङ पक्राउ परेका छन्। सद्भावना रेस्टुरेन्ट तथा खाजा घरबाट सुनसरीका संजु राई, सर्लाहीकी बबिता राम र झापाकी ममता गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।
गौशला क्षेत्रका होटल तथा रेस्टुरेन्टहरु बेश्यावृत्तिका कारण बदनाम छन्। प्रहरीले बारम्बार छापा पनि हान्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।