एजेन्सी- दर्शकको भरपूर मन जितिरहेको बलिउड फिल्म 'सञ्जु'ले प्रदर्शनको हप्तादिनमै करिब २ सय करोड कमाइ गरेको छ।
फिल्मको सफलताबाट हौसिएको निर्माण युनिटले केही दिनअघि मात्रै पार्टीको आयोजना गरेको थियो। उक्त 'सक्सेस पार्टी'मा फिल्ममा निर्देशक राजकुमार हिरानीसहित रणवीर, मनीषा कोइराला, दिया मिर्जा, करिश्मा तन्ना लगायतका कलाकारले रमाइलो गरेका थिए। फिल्ममा अनुबन्धित लगभग सबै कलाकार उपस्थित भए पनि सञ्जु (रणवीर कपुर) को साथीको भूमिकामा रहेका विक्की कौशल देखिएनन्।
उपस्थित हुन नपाए पनि उनले सञ्जु अर्थात् सञ्जयको मूल भूमिकामा रहेका रणवीर कपुरलाई भिडियो कल गरेका थिए। उक्त कलमा रणवीरलाई भनेका थिए, 'हाम्रो रोल 'मुन्नभाइ'को सञ्जय र अरशद वारसीको दोस्तीभन्दा कम छैन। म अँगालो हाल्न चाहन्छु।'
विक्की हाल फिल्म 'उरी'को सुटिङका लागि सर्वियामा छन्। फिल्म २०१६ को सर्जिकल स्ट्राइकमा आधारित छ।
फिल्ममा सञ्जय दत्तको भूमिकामा रहेका रणवीरको प्रशंसा जति भइरहेको छ। उनका साथी विक्कीको पनि कम तारिफ छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।