काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको उल्लेख छ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक हजार २२ रहेका छन्। पछिल्लो समय ७५ जना संक्रमणमुक्त भएका छन्।योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६५ हजार ४६९ पुगेको छ। यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शून्य संक्रमित रहेका जिल्लाहरूमा संखुवासभा, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, मनाङ, मुस्ताङ, पूर्व रुकुम, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, बाजुरा र हुम्ला छन्।
नेपालमा संक्रमण दर १७.६ प्रतिशत छ। हाल होम आइसोलेशनमा ९७१, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा १३ र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ५९ हजार ५४३ जनाले खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।