काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९ सय ५१ जनाको नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १०८१ रहेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।