काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) को राजनीतिक समितिको बैठक आज पुनः बस्ने भएको छ। बिहीबार बसेको बैठकमा थप छलफल गर्नुपर्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको राजपा महासचिव केशव झाले जानकारी दिए।
हिजोको बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष राजेन्द्र महतोले प्रस्तावहरु प्रस्तुत गरेका थिए।
बैठकमा विधान पनि प्रस्तावित गरिएको छ। महाधिवेशनसम्मका लागि प्रस्तावित विधानमाथि आज छलफल हुने बताइएको छ। बैसाखमा महाधिवेशन गर्ने भनेर अघिल्लो राजनीतिक समितिको बैठकले मिति तय गरेको थियो।
लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल रहेको विधान परिमार्जन समिति बनेको थियो।
बिहीबारको बैठकमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, मनिष सुमन र जितेन्द्र सोनलले आफ्ना धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।