लहान- मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजार नगरपालिका–९ स्थित सडकमा स१प ८३९५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा मिर्चैया नगरपालिका–११ का ४० वर्षीय जगदीश महराको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते महराको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित सडकमा नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।