काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।
पार्टी सचिवालयका तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका छन्।
श्रेष्ठका अनुसार बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ।
बैठकमा बोल्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए।
बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।