काठमाडौं– कोरोना भाइरसको संक्रमण घट्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार ४७१ जनाको कोरोना परीक्षण गरिएको थियो। हाल सक्रिय संक्रमितको संख्या एक हजार १९८ रहेको छ। पछिल्लो २४ घण्टामा ८६ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६५ हजार २२८ पुगेको छ। निको हुने दर ९८ दशमलव सात प्रतिशत छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार शून्य संक्रमित भएका जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, बारा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, हुम्ला र बाजुरा छन्।
नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ। हाल होम आइसोलेशनमा एक हजार १४६, संस्थागत आइसोलेशनमा ५२, आईसीयुमा २० र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।