काठमाडौं- नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई स्थानीय तहको निर्वाचन लक्षित निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ।
बाँकी सदस्य भने सभापति शेरबहादुर देउवाले आवश्यकताअनुसार थप्ने बताइएको छ। यसैगरी, उक्त निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महतलाई तोकिएको छ। सदस्य सभापति देउवाले तोक्नेछन्।
चैत ११ देखि जारी केन्द्रीय कमिटी बैठक मंगलबार गठबन्धन गर्ने निर्णयसहित सम्पन्न भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।