काठमाडौं- तेह्रथुम जिल्लाका स्थानीय तहमा गठबन्धन गरेर चुनाव लड्न पाँच दलबीच सहमति भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, मञ्च सम्बद्ध लिम्बुवान पार्टी नेपाल सम्मिलित ५ दलीय गठबन्धन बनेको छ।
संविधान जोगाउन बनाइएको गठबन्धन अझै केही समय कायम रहन जरुरी भएकाले सहमति गरिएको कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फेले बताए।
मंगलबार सैद्धान्तिक सहमति गरिएको र पालिका समेत छुट्याउनेगरी आगामी २० गते बैठक बस्ने तुम्बाहाम्फेले नेपाल लाइभलाई बताए।
यसअघि अर्घाखाँची, कास्की र धनकुटामा पनि गठबन्धन गरेर चुनाव लड्ने सहमति भइसकेको छ। गठबन्धनका विषयमा निर्णय गर्न कांग्रेस केन्द्रीय कमिटी बैठक चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।