काठमाडौं– गायिका कोमल वलीको नयाँ तीज गीत सार्वजनिक भएको छ। बहिनी प्रज्ञा शरद वली र कोमल वलीको संयुक्त स्वरमा ‘आऊ दिदी बहिनी हो गरौं रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो।
एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा वली दिदी-बहिनीका साथै रवीन्द्र खड्का, शरद चौलागाईंको अभिनय छ।
गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेकी ओलीले हरेक वर्ष तीजको छेको पारेर नयाँ-नयाँ गीत सार्वजनिक गर्दै आएकी छिन्।
उनले गत वर्षहरुमा 'पोइला जान पाम, लास्टै चोटी हो, म त नाच्दिन केरे, चाहिएन पोई' जस्ता तीज गीतहरु सार्वजनिक गरेकी थिइन्।
वलीले उक्त गीतलाई आफ्नै युट्युव च्यनलबाट सार्वजनिक गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।