काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंमा ४६ दल सहभागी हुने भएका छन्। सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौंमा राष्ट्रिय दलबाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिएका हुन्। राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन्।
यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच÷पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन्।
आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ। तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने उनले जानकारी दिए।
आयोगले राष्ट्रिय मान्यता प्राप्त छ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिह्नमा चुनाव लड्न पाउने निर्णयसमेत आयोगले गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।