काठमाडौं– फिल्म ‘रोमियो एण्ड मुना’को 'स्याड भर्सन'को गीत सार्वजनिक भएको छ। ‘साँझ पर्यो’ बोलको गीतमा विनय श्रेष्ठ ‘रोमियो’ र सृष्टि श्रेष्ठ ‘मुना’को अभिनय देख्न सकिन्छ।
कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीत कालीप्रसाद र एकतारेले संयुक्त रुपमा लेखेका हुन्। गीतमा भारतीय गायक तथा संगीतकार गौरव डगाेन्करले स्वर दिएका छन्।
नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन्। उनिहरुसँगै फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ज्वल सुजल गिरी लगायतको अभिनय छ।
फिल्म यही साउन ११ बाट प्रदर्शनको तयारीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।