काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक सुरु भएको हो।
बैठकले पार्टीको सांगठनिक संरचना समायोजनको विषयलाई प्राथमिकतामा राखिएको छ। यसअघि बसेको बैठकले स्थायी समिति बैठकको कार्यसूची र प्रस्ताव तयार पारेको थियो। उक्त कार्यसूची र प्रस्तावमाथि छलफल गरी बैठकले निर्णय लिने बताइएको छ।
बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमण, वर्तमान राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टीको सांगठनिक एकीकरण प्रक्रियाबारे दुवै अध्यक्षबाट स्थायी समितिको बैठकलाई जानकारी दिने कार्यसूची छ।
सचिवालय बैठकले तयार गरेको पार्टीको नियमावलीबारे पनि स्थायी समिति बैठकमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।