काठमाडौं– सरकारले घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माइतीघर मण्डला लगायतका ठाउँमा प्रदर्शन गर्न नपाइने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनको मुद्दामा शुक्रबार सुनवाइ हुने भएको छ।
गृह प्रशासन सुधार योजना अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले कार्यालयले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्दै ७ स्थानलाई प्रदर्शनस्थल तोकेको थियो। गृहको निर्देशानुसार ७७ वटै जिल्लामा स्थानीय प्रशासनले निश्चित प्रदर्शन स्थल तोकेको छ।
विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक खोस्ने गरी सरकारले निशेधित क्षेत्र तोकेकाले त्यसको कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।