काठमाडौं– निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली टुङ्गो लगाएको छ। आयोगको बैठकले एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको अन्तिम टुङ्गो लगाएको हो।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा यी मतदाताले मत दिन पाउने छन्। जसमा ८९ लाख ९१ हजार १० जना पुरुष मतदाता रहेका छन् भने महिला ८७ लाख ४१ हजार ५ सय ३० जना मतदाता छन्।
अन्यमा १८३ जना मतदाता छन्। सबैभन्दा कम मतदाता मनाङमा रहेका छन्। मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ।
त्यस्तै, सबैभन्दा धेरै मोरङमा ७ लाख १५ हजार २२३ जना रहेको छन्। आयोगले एक साताअघि मतदाता नामावलीमा दाबी विरोधका लागि समय उपलब्ध गराएको थियो। आयोगले उक्त सूचनापछि सच्चाएर अन्तिम नामावली प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।