काठमाडौं– निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।
यसअघि आयोगले नामावली सच्याउन एक साताको समय दिएको थियो। अन्तिम नामावली प्रकाशनसँगै मतपत्र छपाइ सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ।
आयोगले करिब २ करोड मतपत्र छाप्ने तयारी गरेको प्रवक्ता शर्माले बताए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।